केस्रा बिधाको औपचारिक घोषणा तथा पत्रकार सम्मेलन I

तपाइले पठाउनु भएका रचनाहरु हाम्रो मेल बक्समा सिधै आउछ | तपाइको नाम , इ-मेल र रचना राख्नु होला धन्यवाद
केस्रा (साहित्य)
केस्रा बिधाको औपचारिक घोषणा तथा पत्रकार सम्मेलन
साहित्यमा नया बिधाको रुपमा भित्रिएको केस्राको औपचारिक घोषणा तथा पत्रकार सम्मेलन जनवरी १ तारिकको दिन सम्मन्न भएको छ । झापा जिल्ला स्थाई घर भई बिगत केही वर्षहरु देखि मलेसियाको इपो राज्यमा रहेर साहित्य कर्ममा तल्लिन सर्जक मौलश्री लिम्बुको मन मष्तिस्क र चेतनाबाट प्रतिपादन भएको यो बिधा केही सर्जकहरु म्ाझ लोकपि्रय समेत भईसकेको छ । तथापी यो बिधाको आगामी दिनहरु चुनौती रहित भने पक्कै छैन । अन्य स्थापित बिभिन्न बिधाहरुले आफ्नो शाखा बिधाको रुपमा स्विकार गराउन बाध्य पार्न सक्ने चुनौतीहरु प्रसस्त छन् । यसमा आफ्नो कमि कमजोरीलाई सच्याउदै नया क्षितिज पहिल्याउनु नै उत्तम हुन्छ केस्रा पर्वतक तथा प्रवक्ता साथीहरुलाई ।


(केस्रा के हो त यस बारेमा थप पढ्न भित्र आउनोस्….)
केस्राको औपचारिक घोषणा तथा पत्रकार सम्मेलन
नेपाली साहित्यमा ‘केस्रा’ विधाको प्रतिपादन तथा घोषणा-पत्र
२०६८/२०११
शब्द / अर्थ -
केस्रा/केस्रो – -ना.) फलफूल-सुन्तला आदि) -को भित्र पट्टकिो तह वा टुक्रा । Ö ‘सरल नेपाली शब्दकोश’ -२०६२
केस्रा/केस्रो – -ना.) सुन्तला आदि फलको भित्र पट्टकिो खण्डखण्ड परेको भाग वा टुक्रा । Ö ‘राष्ट्रिय नेपाली शब्दकोश’ बहुभाषी शब्दकोश -२०६३
केस्रा – सुन्तला, कागती, भोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिलै छुट्टनिे एउटा खण्ड । ‘समकालीन नेपाली शब्दकोश’-www.nepalisabdakos.com
केस्रा/केस्रो – -ना.) सुन्तला आदि फलको बोक्राको भित्रपट्ट िरहने पातलो बोक्रासमेत भएको खण्ड-खण्ड परेको टुक्रा, मांशपेशीमा रहेको धागाका आकारको तह । ‘रत्न नेपाली शब्दकोश’ -२०६२
परिभाषा -
यथार्थ जीवनको कुनै एक अवश्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै ‘केस्रा’ हो ।
केस्राको औपचारिक रुपमा घोषणा पत्रको सार्वजानिक गर्दै म अनि साथमा अन्य सर्जकहरु
अवधारण -
वर्तमान समय निकै तेज रˆतारमा चलिरहेको छ । हरेक उपभोगका वस्तुहरु सटिक र चुस्त हुन थालेका छन् । ठुलो परिमाणका वस्तुहरुलाई परिमार्जन गरेर केही हदसम्म सानो आकार बनाएर छिटो, चुस्त, सूक्ष्म, प्रभावकारी र छुट्टै विशेषतामा तयार भईरहेका छन् । अहिले कुनै पनि वस्तुको माग बढ्दो गतिमा छ । सो अनुरुप प ूर्ति हुन सकेको छैन । मुख्य आवश्यकतालाई पहिचान गरि जति सक्दो सानो परिमाणमा भए पनि उपलब्ध गराउने कोशिस गरिएकोछ । साथै, राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक, औधोगिक आदि क्षेत्रमा पनि पुरानो मान्यताहरुलाई परिवर्तन गरि आधुनिक ढंगले गतिशील बनाईदैछ । यी क्षेत्रहरुमा सूक्ष्म प्रभावबाट हुने परिवर्तनले पनि आशातीत प्रगति भएकाछन् ।
आजकाल हरेक विषय वा क्षेत्रमा हुन सक्ने छिटो, चुस्त, प्रभावकारी पक्षलाई विशेष महत्व दिने गरिन्छ । एउटा निर्धारित वा समयसीमामा काम गर्ने मजदुर तथा श्रमिकहरुले पनि अतिरिक्त थोरै काम सिध्याई बढी पारिश्रमिक पाउने अपेक्षामा काम गर्न लालयित हुन्छन् । त्यस्तै मनोरञ्जनका श्रव्य दृश्यमा लाग्ने समय, माध्यम तथा साधनहरुलाई पनि छोट्याएर अझ सशक्त र प्रभावकारी बनाईदै गईरहेकाछन् । प्रविधिहरुमा पनि धेरै नै छिटो, छरितो, टिकाउ, सूक्ष्मता, प्रभावकारीतालाई अपनाउन थालिएको छ । टेलिभिजन, कम्प्युटर, रडियोहरु आज एफ.एम. साथै मोवाईलको माध्यमले हातमा राखेर आफु अनुकुल चलाउन सकिन्छ । कार्यलयका कागजपत्रहरु सजिलो छिटोको लागि कम्प्युटरका आंशिक कामहरु आजकाल मोवाईलले पनि गर्न थालेको छ । यी हरेक क्षेत्र वा वस्तुहरुमा हुने विशेषतालाई पहिचान गरि समयानुकुल परिमार्जन गरेर अझ प्रभावकारी बनाईदैछ । यसरी समयानुकुल परीवर्तन हुादा उक्त क्षेत्र तथा वस्तुमा एउटा नयाा संरचना/ढाचाको आधार नै तयार भएको हुन्छ । यस्तो संरचना पुरानो स्वरुपसाग केही मिल्दोजुल्दो देखिएता पनि त्यसमा लागु हुने मान्यता, विशेषता, उपयोगिता आदिमा धेरै नै भिन्नता हुने गर्दछ । जसले गर्दा सोही नामले सम्बोधन गर्न असान्दर्भिक हुने गर्दछ र छुट्टै नामले स्थापित हुने गर्दछ ।
वर्तमान नेपालको राजनीतिक अवश्थाले ठुलो फड्को मार्ने कोसिस गर्दैछ । केन्दि्रकृत शासन प्रणालीले आफुलाई छिटो, चुस्त बनाउन नसक्ने भएर नै गणतन्त्र तर्फ उन्मुख भईरहेकोछ । निश्चित सीमा-क्षेत्र भित्र रहेर त्यहााका जनताहरुको सानातिना समस्यालाई पनि छिटो, चुस्त अनि प्रभावकारी ढंगले समाधान गर्नका साथै प्राकृतिक स्रोत साधनहरुको सहि परिचालन गर्ने कोशिसमा लागि पर्न चाहेकाछन् । यसो हुनु भनेको एउटा ठुलो परिमाणको वस्तु वा क्षेत्र वा कार्यको विभाजन हुनु हो । त्यसबाट विभाजन भएको सानो परिमाणले पनि ठुलो परिमाण अन्तर्गत रहेर प्रभावकारी पहिचान बनाउन खोजिएको हो । यसरी कुनै पनि वस्तु तथा क्षेत्रको ठुलो परिमाणलाई खण्डीकृत गरि छुट्टएिका प्रत्येक खण्ड-खण्डहरु मध्ये कुनै एक खण्डले पनि उही ठुलो परिमाणमा हुने प्रभाव बराबरको प्रत्याभूति दिलाउन सक्दछ । ति ठुला परिमाणका वस्तु तथा विषयलाई यसरी खण्ड वा अंशमा विभाजन गरेर एकखण्ड वा अंशलाई मात्र ब्याख्या वा स-विस्तार गरी समेटिएको साहित्य नै ‘केस्रा’ विधा हो । यसमा कुनैपनि विषयवस्तुको कुनै एक पक्षको विशेष उल्लेख तथा उजागर अति महत्वपूर्ण रहेको हुन्छ । कुनैपनि विषयवस्तु तथा अनुभवको अनुभूतिमा हुने मानवीय संवेदना तथा संवेगको एक पक्षलाई विशेष महत्वका साथ अभिब्यक्त गरिएको हुनु पर्दछ ।
गतिशील समयक्रमको परिवर्तनहरुले साहित्यमा पनि प्रमुख भूमिका खेल्ने गर्छन । समय समयमा हुने घट्नाक्रमको आमूल परिवर्तनले साहित्यलाई पनि आमूल परिवर्तन गर्न बाध्य बनाएको हुन्छ । यसर्थ साहित्यका प्रचलित अन्य विधाहरु भएता पनि समय सान्दर्भिक ‘केस्रा’को आˆनै विशेषता, संरचना तथा मान्यता आदिले गर्दा अन्य विधासाग अतुलनीय रहेको छ । यिनै आधारशिलाबाट ‘केस्रा’ विधाको प्रतिपादन भएको हो ।
केस्राका प्रवर्तक मौलश्री लिम्बु आफ्नो बिचार राख्दै
स्थानान्तरण/भाषान्तर -
‘केस्रा’को मान्यतामा रहेर विश्वको कुनैपनि भाषा लिपिमा आयातीत विधा स्वीकारेर ‘केस्रा’ लेखिन सकिनेछ । ‘केस्रा’ नाम अचल र यथावत रहनेछ । कुनै पनि भाषासाग ‘केस्रा’ शब्द मेल हुन पुगेमा यसको अर्थ र परिभाषा नेपाली नै मान्य हुनेछ ।
केस्राको प्रकार -
१) आकृति केस्रा – उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको केस्रा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ ।
आकृति = आकार, स्वरुप कुनै वस्तु, चीज आदिको आकार, रुप
संरचना :- क ख ग घ ‘अ’
ङ् च छ ज ‘आ’
झ ञ ट ठ ड
ढ ण त थ ‘इ’
द ध न प ‘अ’
फ ब भ म ‘ई’ ।
-उपर्युक्त संरचनामा प्रयोग भएका व्याञ्जन र्वणहरु (क,ख,ग…) शब्दहरु हुन भने स्वर र्वणहरु-अ,आ,इ,ई)अनुप्रास मानिएकोछ ।
२) आवृति केस्रा :- अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाच हरफमा कुनै शब्दलाई दोहोर्‍याएर लेखिएको केस्रा । यसलाई एउटा शब्द र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिनेछ । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ ।
आवृति = दोहोर्‍याउनु,संस्करण
संरचना :- क ऋ ख ग ‘अ’
घ ऋ ङ् च ‘आ’
छ ज झ ञ ट
ठ ऋ ड ढ ‘इ’
ण ऋ त थ ‘अ’
द ऋ ध न ‘ई’ ।
उपर्युक्त संरचनामा प्रयोग भएका व्याञ्जन र्वणहरु (क,ख,ग…) शब्दहरु हुन भनेर् ऋ’ आवृति शब्द र स्वर र्वणहरु-अ,आ,इ,ई)अनुप्रास मानिएकोछ ।
३अलङ्कार केस्रा -वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि लेखिनेछ ।केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।
(अलङ्कार:- गहना, आभूषण, काव्यलाई सिंगार्ने शैलीविशेष )
अनुप्रास -
उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा लेखिने श्रृति माधुर्य शब्दालङ्कार । तोकिएको हरफमा अनिवार्य अनुप्रासको प्रयोग गर्नु पर्नेछ । एउटा ‘केस्रा’मा चार वटा अनुप्रासको प्रयोग हुनेछ । बैठानको पहिलो हरफमा उठानको पहिलो अनुप्रास दोहोरिनु -अनुप्रास पुर्नावृति) बाहेक अन्य अनुप्रासहरु दोहोरिएमा मान्य हुने छैन ।
अनुप्रास पुर्नावृति -
केस्रा भनेको कुनै पनि फल वा विषयवस्तुको एक खण्ड वा अंश हो, जो फल खाईएको हो त्यसको मात्र स्वाद अन्तसम्म हुने गर्दछ । एउटा विषय वा भावमा केन्दि्रत भएर सटिक, चुस्त, सूक्ष्म लक्षणमा लेखिनु पर्ने भएकोले उठानको पहिलो अनुप्रास बैठानको पहिलो हरफमा अनुप्रासको पुर्नावृति अनिवार्य भएको हो ।
अनुप्रासको प्रकार -
अनुप्रास चार प्रकारको हुनेछ ।
१) समश्रुति अनुप्रास – अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएता पनि वर्णविन्यासमा समान स्वर भएको साथै बााकी अक्षर दोहोरिएको शब्द । जस्तै -
काम, धाम, माम, खाम Ö समान स्वर उच्चारण ‘आम’ ।
क+आ+म = काम, ध+आ+म = धाम, म+आ+म =माम, ख+आ+म =खाम
लुकाउनु, फुकाउनु, सुकाउनु, झुकाउनु = समान स्वर उच्चारण ‘उआउनु’
ल+उ+क+आ+उ+न+उ=लुकाउनु,फ+उ+क+आ+उ+न+उ=फुकाउनु, स+उ+क+आ+उ+न+उ=सुकाउनु, झ+उ+क+आ+उ+न+उ=झुकाउनु
२) स्वरश्रुति अनुप्रास – दुई अक्षर भन्दा ज्यादा भएको अनुप्रास शब्दको अन्तिम अक्षर दोहोरिए पनि अघिल्लतिरको वर्ण असमानता तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर विचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द । जस्तै ः-
गुहार, पुकार, सुधार, जुनार = समान स्वर उच्चारण ‘उआर’
ग+उ+ह+आ+र =गुहार, प+उ+क+आ+र = पुकार,
स+उ+ध+आ+र = सुधार, ज+उ+न+आ+र = जुनार,
आकार, आधार, आभार, आहार = समान स्वर उच्चारण ‘आआर’
आ+क+आ+र = आकार, आ+ध+आ+र = आधार,
आ+भ+आ+र = आभार, आ+ह+आ+र = आहार
ताक्छ, खान्छ, नाच्छ, लाग्छ = समान स्वर उच्चारण ‘आ छ’
त+आ+क्+छ = ताक्छ, ख+आ+न्+छ =खान्छ,
न+आ+च्+छ = नाच्छ, ल+आ+ग्+छ = लाग्छ
३) अल्पश्रुति अनुप्रास – कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वति अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास । जस्तै -
पाप, अभिशाप, धराप, विलाप = समान स्वर उच्चारण ‘आप’
प+आ+प = पाप, अ+भ+ई+श+आ+प = अभिशाप,
ध+अ+र+आ+प = धराप, व+ई+ल+आ+प = विलाप
४) आश्रति अनुप्रास – कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास । जस्तै -
भा’को, गा’को, खा’को, ला’को = समान स्वर उच्चारण ‘आ’को’
भ+आ’क+ओ = भा’को, ग+आ’क+ओ = गा’को,
ख+आ’क+ओ = खा’को, ल+आ’क+ओ = ला’को
के छ, जे छ, दे छ, ले छ = समान स्वर उच्चारण ‘एछ’
क+ए/छ = के छ, ज+ए/छ = जे छ,
द+ए/छ = दे छ, ल+ए/छ = ले छ ।
पनि,छ नि,त नि,भनि = समान स्वर उच्चारणर् अनि’
प+अ+नि = पनि, छ+अ/नि = छ नि
त+अ/नि = त नि, भ+अ+नि = भनि
केस्राका प्रवक्ता तथा स्रष्टा दिलिप राई सगर केस्राका प्रकार र वाचन शैलीको बारेमा प्रष्ट पार्दै
अनुप्रासको प्रयोग -
श्रृति मधुरताको लागि उल्लेखित हरफहरुमा अनिवार्य अनुप्रासको प्रयोग हुनु पर्दछ । अनुप्रास शब्दको छनौट गर्दा अक्षर विन्यासमा विशेष ध्यान दिनु पर्दछ ।
१) मान्य हुने अनुप्रास -
क) चार प्रकारबाट बनेका अनुप्रासका शब्दहरु ।
ख) आश्रति अनुप्रास र स्वर श्रुति अनुप्रासको स्वर र अक्षर विन्यास मिलेमा ।
जस्तै – दे’छ, ले’छ आश्रति अनुप्रासे र सेक्छ, भेट्छ स्वर श्रुति अनुप्रासे = द+ए/छ, ल+ए/छ, =स+ए+क्+छ, भ+ए+ट्+छ = प्रयुक्त अनुप्रासमा समान स्वर उच्चारण ‘ए छ’ मात्रा गणना = २
ग) सबै प्रकारका अनुप्रासहरुको स्वर समान उच्चारण र अन्तिम अक्षर समान भएका शब्द/ अनुप्रासहरु ।
जस्तै – काम्छ, ला’छ, सम्हाल्छ, मार्छ
घ) अनुप्रास शब्दको अन्तिम श्रुति समान अक्षर ‘न/ण’ साथै आधा अक्षर ‘न्/ण्/ञ्’ त्यस्तै : ‘स/श/ष’ को एक अर्काको सट्टामा प्रयोग भएता पनि समान अर्थ मानिनेछ ।
ङ) प्रचलित अंग्रेजी शब्द तथा अन्य भाषाका शब्दहरु जो नेपाली भाषामा नभई सोहि भाषामा बोलिने /बुझिने शब्द अनुप्रास शब्दको लागि मान्य हुनेछ ।
जस्तै – गिलास, रेडियो, मोबाईल, रोड, स्कुल आदि ।
च) निपाद शब्दहरु -त,रे,लौ,पो,नि…आदि ) अनुप्रास शब्दको पछाडि प्रयोग भए अपवादको रुपमा मान्य हुनेछ ।यस्तो केस्रार् आवृति केस्रा’ अन्तर्गत पर्नेछ ।
२) अमान्य हुने अनुप्रास -
क) स्वरश्रुति अनुप्रास शब्दको अक्षर विन्यासमा केहि मिल्दो-जुल्दो भएमा ।
जस्तै – गुहार, मुहार, पुकार, सुधार = प्रयुक्त अनुप्रासको अक्षर विन्यासमा ‘पुकार/सुधार’ बाहेक ‘गुहार/मुहार’ =’हार’ शब्द एकै भएकोले मान्य हुने छैन ।
ख) अल्पश्रुति अनुप्रास शब्दको अक्षर विन्यासमा केहि मिल्दो-जुल्दो भएमा ।
जस्तै – पाप, धराप, सराप, राप = प्रयुक्त अनुप्रासको अक्षर विन्यासमा ‘पाप’ बाहेक ‘धराप/सराप/राप’ = ‘राप’ शब्द एकै भएकोले मान्य हुने छैन ।
ग) अनुप्रास शब्दको अन्तिम श्रुति समान अक्षर न/ण’ साथै ‘न्/ण्/ञ्’ त्यस्तै ‘स/श/ष’ को एक-अर्काको सट्टामा प्रयोग बाहेक अन्य कुनै पनि श्रुति समान अक्षर मान्य हुने छैन ।
घ) अनुप्रास शब्दको अन्तिम अक्षर वा स्वर उच्चारणमा एक रुपता भए पनि अघिल्लो अक्षरको स्वर तथा उच्चारण असमान भएमा मान्य हुने छैन ।
जस्तै – सकिन, मानेन, दिएन, भएन = प्रयुक्त अनुप्रासको अन्तिम अक्षर ‘न’ मात्र समान अक्षर रहेको छ ।
जस्तै – सराब, धराप, करार, दराज = प्रयुक्त अनुप्रासको अघिल्लो अक्षर वा स्वर समान भएता पनि अन्तिम अक्षर असमान रहेको छ ।
ङ) प्रचलित नेपाली भाषामा अर्थ भएका अंग्रेजी शब्द तथा अन्य भाषाका शब्दहरु अनुप्रास शब्दको लागि मान्य हुने छैन ।
जस्तै – टेन्सन, बुक, फिदा, लास्ट, फिनिश आदि ।
च) निपाद शब्दहरु -त,रे,लौ,पो,नि…आदि ) अनुप्रास शब्दको पछाडि प्रयोग भई अपवादको रुपमा मान्य भएता पनि अन्य शब्दहरु प्रयोग भएमा मान्य हुने छैन ।
आधारभूत तत्व -
१) संरचना – छ हरफमा लेखिए पनि प्रत्येक दुई-दुई हरफ अलग-अलग रहने छन । तर, यी सबै हरफ एउटा विषयवस्तुमा अन्योन्याश्रति हुन जरुरी छ । यो संरचना बाहेक छ हरफमा केस्रा कै मान्यतामा रहेर स्वरुपलाई फेरबदल गरिएमा त्यसलाई ‘ढाचा केस्रा’ भनिन्छ ।
२) प्राविधिकता – केस्रा निश्चित प्रविधिको संयोजनमा लेखिन्छ ।
क) हरफ – यसमा पहिलो र दोश्रो हरफ ‘उठान’ तेश्रो र चौथो हरफ ‘विश्राम’ पााचौ र छैठौ हरफ ‘बैठान’ हो । ‘उठान’ले विषयवस्तुको प्रवेश वा उठान गर्छ । ‘विश्राम’ले उत्कर्ष वा जिज्ञासाको खुलासा गर्छ । र, ‘बैठान’ले विषयवस्तुको निराकरण गर्दछ ।
ख) अनुप्रास – यसमा अनुप्रास अनिवार्य तत्व हो । एउटा केस्रामा ‘उठान’को पहिलो अनुप्रास ‘बैठान’को पहिलो हरफमा अनिवार्य दोहोर्‍याउनु पर्दछ । अन्य कुनै पनि अनुप्रास पुनः दोहोर्‍याईएमा मान्य हुने छैन ।
ग) शिर्षक – कुनैपनि विषयवस्तुलाई सम्बोधन गर्नको लागि नाम हुन आवश्यक पर्दछ । ‘केस्रा’मा शिर्षक अनिवार्य हुनु पर्दछ । शिर्षक विनाको ‘केस्रा’ हुन सक्दैन । शिर्षक छनौट गर्दा विषयवस्तुलाई प्रतिनिधित्व गर्न सक्ने वैचारिक, सांकेतिक, भरसक छोटो हुनु पर्दछ ।
घ) अल्प/अर्ध-विश्राम – आकृति केस्रा र आवृति केस्रामा स्वःलय तथा स्वच्छन्द हुने भएकोले जति पनि अक्षर तथा मात्राको केस्रामा अल्प/अर्ध-विश्रामको अनिवार्यता छैन ।र् अलङ्कार’ केस्रामा छन्दको निर्माण प्रक्रिया मुताबिक लागु हुनेछ ।
३) शिल्प – लेखन शैली, विषयको प्रस्तुति, रचनात्मक पक्ष, वैचारिक पक्ष, संरचना पक्ष,शब्दहरुको संगठनात्मक ढााचा आदिको समष्टिमा ‘शिल्प’ केन्दि्रत हुने गर्दछ । ‘केस्रा’मा कथ्य, आंशिक लय भएता पनि वैचारिकतामा एक पक्ष वा विषयवस्तुको कुनै एक खण्ड वा अंशको स-विस्तार भएकोले समष्टि गुणहरुको प्रभावसागै विषयवस्तुको ‘अंशात्मक’ यसको प्रमुख तत्व वा ‘शिल्प’ हो ।
४) लय – ‘केस्रा’मा लय अनिवार्य तत्व होईन । यद्धपी अनुप्रासको प्रयोग हुने भएकोले लयमा आबद्ध हुनु जरुरी छ ।
५) प्रस्तुति – कुनैपनि विषयवस्तुको एक खण्ड वा एक पक्षलाई विश्लेषण गरि सिलसिलेवार प्रस्तुति हुनु पर्दछ ।
६) विषयवस्तु – ‘केस्रा’मा कुनैपनि विषयवस्तु वर्जित छैन । यद्धपीः उक्त विषयवस्तुको एक खण्ड वा एक पक्षलाई कति ध्यान दिईएको छ यो नै प्रमुख महत्व हो ।
७) भाषा – साहित्य र समाज परस्पर विषय हुन । यसर्थ ‘केस्रा’मा प्रयोग हुने शब्द तथा भाषा अनुशासित र लोकपाच्य हुनु पर्दछ । यसमा कुनैपनि क्लिष्ट वा सरल शब्द समावेश गर्न सकिन्छ ।
८) वाचन – प्रत्येक हरफको वाचन पछि सासलाई अल्पविश्राम लिने । यहि क्रममा उठानको पहिलो हरफ एक पटक दोहोर्‍याउने र अन्य हरफलाई नदोहोर्‍याई ‘विश्राम’सम्म वाचन गर्ने र अर्ध विश्राम लिने । त्यसपछि ‘विश्राम’कै हरफलाई सरसर्ती दोहोर्‍याएर ‘बैठान’को हरफ वाचन पछि अर्ध-विश्राम लिने । र, अन्त्यमा ‘उठान’लाई वाचन गरेर समाप्त गर्ने । वाचनमा ‘उठान’को पहिलो हरफ बाहेक अन्य हरफलाई दोहोर्‍याई-दोहोर्‍याई वाचन गर्नु हुदैन ।
९) अवश्था र समयसीमा – विषयवस्तुको अवश्था तथा परिस्थिति एउटा घट्नामा आधारित हुनु पर्दछ । सोही प्रकृतिको घट्नालाई सादृश्य गर्न सकिन्छ । समयसीमामा कुनै बन्देज छैन । यद्धपी : समय फरक-फरक भएता पनि एकै सन्दर्भ, भाव वा पक्षको प्रत्याभूति अनिवार्य हुनु पर्दछ ।
क) कल्पना/परिकल्पना – कुनैपनि विषयलाई कल्पना मै सीमित रहेर लेख्न सकिन्छ । साथै कुनै कालमा उतारेर टुंग्याउन सकिन्छ ।
ख) भुतकाल – बितेको अवश्था वा विषयलाई भुतकाल मै सीमित रहेर लेख्न सकिन्छ । साथै कुनै कालमा उतारेर टुंग्याउन सकिन्छ ।
ग) वर्तमानकाल – वर्तमान घट्ना वा सम-सामयिक विषयलाई वर्तमान मै सीमित रहेर लेख्न सकिन्छ । साथै कुनै कालमा उतारेर टुंग्याउन सकिन्छ ।
घ) भविश्यकाल – सम्भावित घट्ना वा विषयवस्तुलाई कारण दर्शाएर वा भवितव्य मै रहेर लेख्न सकिन्छ ।
संरचना/मान्यता
१) ‘केस्रा’मा अनिवार्य छ हरफ हुनेछन् । तिनीहरु दुई-दुई हरफको एक संयोजनमा रहनेछन ।
२) हरफ समायोजनको नामकरण -
क) पहिलो समायोजन – ‘उठान’ =उठाउने काम, शुरु गर्ने काम, थलानी, आरम्भ प्रारम्भ, सुरुवात ।
परिभाषा – कुनैपनि विषयवस्तुको प्रवेश वा सुरुवात दुवै हरफमा अनिवार्य समध्वनि अनुप्रास हुन पर्दछ ।
संरचना – क ख ग घ ‘अ’
ङ् च छ ज ‘आ’
ख)दोश्रो समायोजन -’विश्राम’= बसाई, अडान,काम/परिश्रम आदि गर्दा थकाई मेटाउन आराम गर्ने काम ।
परिभाषा – सिलसिलेवार विषयवस्तुको उत्कर्ष वा जिज्ञासाको खुलासा । पहिलो हरफमा अनुप्रास मुक्त र दोश्रो हरफमा अनिवार्य समध्वनि अनुप्रास हुनु पर्दछ ।
संरचना – झ ञ ट ठ ड
ढ ण त थ ‘इ’
ग) तेश्रो समायोजन – ‘बैठान’ = कुनै कामको अन्त्य, टुङ्गो/रहने ठाउा, टुंगो, ठेगान ।
परिभाषा – सिलसिलेवार विषयवस्तुको निराकरण । पहिलो हरफमा अनिवार्य ‘उठान’को पहिलो अनुप्रासर् अनुप्रास पर्नावृति’ दोहोर्‍याउनु पर्दछ र दोश्रो हरफमा समध्वनि अनुप्रास हुनु पर्दछ ।
संरचना : द ध न प ‘अ’
फ ब भ म ‘ई’
३) ‘केस्रा’ ज्यादामार् बाह्र’अक्षर/मात्रा या व्यञ्जनवर्ण हुनुपर्दछ । स्वरवर्णहरु अ, आ, इ, ई, उ, ऊ… आवश्यक अनुसार गणना गर्ने तर एउटा हरफमा एउटा स्वरवर्ण मात्र छुट हुनेछ । लेखिएका पूर्ण र उच्चारणमा आधा हुने व्यञ्जनहरुलाई क, ख, ग … अनिवार्य गणना गर्नु पर्नेछ । कम्तिमा जति पनि अक्षर वा मात्राको प्रयोग गरे पनि भावार्थ अनिवार्य खुलेको हुनु पर्दछ ।
उदाहरण – मलाई = १/२/३ वा १/२ मात्रा गन्ति हुनेछ । ‘ई’ स्वर भएकोले गणना अनिवार्य छैन ।
मनको = १/२/३ उच्चारण गर्दा ‘न’ आधा हुन सक्छ तर लेखाईमा पूर्ण अक्षर हुने भएकोले अनिवार्य गणना गर्नु पर्दछ ।
आऊ = १/२ वा १
४) लेख्दा हलन्त् तथा आधा व्यञ्जनवर्णलाई गन्ति नगर्ने ।
उदाहरण – तोड्नु = १/२,
सम्झौता = १/२/३
अंकको प्रयोग
क) केस्रा लेखनका लागि मात्र शब्दसंग लेखिने तथा अक्षरको अगाडि वा पछाडि अर्थ खुल्ने गरि लेख्न सकिने अंक वा अंकको प्रयोग मान्य हुनेछ, अंकको गणना हुने छैन,अंकलाई अक्षरमा लेखिए अनिवार्य गणना गर्नु पर्नेछ,
उदाहरण – ५ थर = २, १२महिना =३, वि४ = १, समा४ = २, हजारौ = ३
ख) अनुप्रासको लागि अक्षरमा लेखिएका कुनै पनि अंक मान्य हुनेछ,
उदाहरण – बीस/तीस/चालिस/रिस= समान स्वर उच्चारणर् इस’
ग) अनुप्रासको लागि अंकको प्रयोग मान्य हुने छैन,
उदाहरण – २१/३१/४१/५१ = समान अन्तिम अंकर् १’
मासी/८५/८६/सतासी = समान स्वर उच्चारणर् आसी’
नाश/मास/५०/तास =समान स्वर उच्चारणर् आस’
घ) केस्राको वाचन र गायनमा अंकको प्रयोग मान्य हुने छैन तर अंकलाई अक्षरमा रुपान्तर गरि अक्षर तथा मात्रा गणना भएका कुनै पनिे अंकहरु वाचन र गायनका लागि मान्य हुने छन् ।
स्रष्टा श्रीजन श्री केस्राको बारेमा आफ्नो बिचार राख्दै
१) प्राथमिक काल – २०६८ देखि..) – केस्रा विधाको घोषणा भएको मिति देखिको समय । यो काललाई दुई चरणमा विभाजन गरिएकोछ ।
क) प्रारम्भिक चरण
ख) प्रारम्भिक उत्तरार्द्ध चरण
क) प्रारम्भिक चरण- २६-०६-२०६८ देखि १७-०९-२०६८ ) – केस्रा विधाको घोषणा भएको मिति देखिर् केस्रा विधा सार्वजनिक तथा पत्रकार सम्मेलन’ सम्मको समय । यस चरणमा केस्रा श्रृजना गर्नु हुने केस्राकारहरुको नाम यस प्रकारका छन् -
१) मौलश्री लिम्बू झापा, हाल – मलेसिया
२) दिलिप ‘सगर’ राई मोरङ्ग, ” ”
३) जीवन देवान ‘गाउाले’ धनकुटा, ” ”
४) कि्रश मगर चितवन ” यु.ए.इ.
५) स्याङ्जाली रमेश स्याङ्जा ” ”
६) रमेश कुंवरर् गोठाले’ उदयपुर ” मलेसिया
७) आङ्देम्बे राज सहयात्री पांचथर ” ”
८) रुपेस फत्र ” ” ”
९) रुद्र मिश्र ” ” ”
१०) केशर सुब्बा ” ” ”
११) लक्ष्मि माङ चेम्जोङ ” ” ”
१२) गन्जुश्री सेर्मा ” ” ”
१३) गनिन्द्र विवश सुब्बा तेह्रथुम ” ”
१४) इन्द्र चोङवाङर् अपेक्ष’ ” ” ”
१५) सन्जिब राई झापा, ” ”
१६) डम्बर तुम्बापो ‘बुद्ध ’ झापा, हाल-मलेशिया
१७) जे.वि.राई ‘रुमानी’ मोरङ्ग, ” ”
१८) राज अविरल यात्री गिरी इलाम ” ”
१९) दान राई ‘झरी’ उदयपुर ” ”
२०) नारदमनी राई संखुवा सभा ” ”
२१) भरत अधिकारी तनहुं ” ”
२२) दीप दर्शन जाजरकोट ” ”
२३) पराजीत राम काभ्रेपलान्चोक ” कतार
२४) नन्द कोयी राई खोटाङ् ” ”
२५) साथि समिर झापा ” यु.ए.इ.
२६) रिखुराम सूर्यवंशी पाल्पा ” ”
२७) सूर्य चेम्जोङ् सुनसरी ” ”
२८) ठागु जी लम्जुङ ” साउदी अरब
२९) सुदिप कोइराला मोरङ
३०) भत्ति प्रसाद पौड्याल ”
प्रारम्भिक चरणमा श्रृजना भएका केहि प्रतिनिधि
केस्राहरु -
१) मौलश्री लिम्बू
‘सत्ता’
कांध टेकेर चढ्छौ
खुट्टा तानेर बढ्छौ
सत्ता शत्तिको खेल
लेखी इतिहास पढ्छौ
जसरी हुन्छ चढ्छौ
अनि सर्तमा डढ्छौ ।
-आकृति केस्रा)
२) दिलिप ‘सगर’ राई
‘मृत्यु’
ऊ आउछ अनि जान्छ
सबैलाई फकाई लान्छ
कस्तो मै हु भन्नेलाई
कुने निहु पारि तान्छ
ऊ बिन्ती नसुनी जान्छ
आहार बनाई खान्छ ।
-आकृति केस्रा)
३) जीवन देवान ‘गाउाले’
र् त्याग’
म असल पति
ठान्दछे श्रीमती
सिरीखुरी सुम्पी
माया दिन्छे अति
सहि हुंदा पति
जान्छु भन्छे सती ।
-आकृति केस्रा)
४) कि्रश मगर
र् अनुरोध’
नगर दिलको कुरा टारीदेऊ
नसाच दिलको कुरा मारिदेऊ
पीडा हुन्छ थाहा होला तिमीलाई
नतान्नु दिलको कुरा झारिदेऊ
नटिप्नु दिलको कुरा टारीदेऊ
अन्तै त्यो दिलको कुरा सारिदेऊ ।
-आवृति केस्रा )
५) स्याङ्जाली रमेश
र् दोष’
चस्क्यो छाती
किन राती
भाग्य दोषी
हुादा ताती
आˆनै छाती
छैन भाती ।
-आकृति केस्रा)
६) पराजीत राम
‘भरिया’
ब्ाोकेर साहुको भारी
पुग्नुछ भञ्ज्याङ पारी
दुई छाक टार्न गाह्रो छ
स्वास्नी माग्छे नयां सारी
थाप्लोमा पीरको भारी
बन्धकी छ पाखो बारी ।
-आकृति केस्रा)
७) जे.वि.राई र् रुमानी ’
‘गार्ड’
मूल घरको आड
सधै घोट्छ हाड
ढोकैमा उभिएर
तन्काउछ ढाड
कम्पनीको आड
ऊ सेकुरिटी गार्ड ।
-आकृति केस्रा)
८) आङ्देम्बे राज सहयात्री
‘पीडा’
पिरतीले दियो हात
अनि पछि दियो घात
सहनुको सीमा छैन
च्ाोटैचोट्को दियो खात
बेहोशीमा दियो हात
सधै लाग्ने दियो मात ।
-आवृति केस्रा )
९) दीप दर्शन
‘सम्झना’
तिम्रै पीर्ले रुन्छु
सधै बेहोस् हुन्छु
सम्झना आउछ
तिम्रो फोटो छुन्छु
आंखा छोपी रुन्छु
आंसुले मुख धुन्छु ।
-आकृति केस्रा)
१०) साथी समीर
‘आंए’
आंए हृतार गरेर
आंए नजीक सरेर
तिम्रै वरिपरि हेर
आंए मुस्कान छरेर
आंए भरोसा गरेर
आंए मनमा भरेर ।
११) भरत अधिकारी
‘कसम’
तिम्रै लागि जीवन धाने
के के भन्यौ र सबै माने
घाम छायाको जिन्दगीमा
भरपर्दो तिमीलाई छाने
कसम खायौ साथ धाने
त्यसैले तिम्रो हात ताने ।
-आकृति केस्रा)
-आवृति केस्रा )
१२) गन्जुश्री सेर्मा
र् पि्रय सानी’
चञ्चले रै’छौ नानी
पुगेछौ नि जवानी
आहा वैशले लट्ठै
लजालु रै’छ बानी
कस्ाकी हौ ए नानी
मायाकी रै’छौ खानी ।
ख) प्रारम्भिक उत्तरार्द्ध चरण -१७-०९-२०६८ देखि….) – र् केस्रा विधा सार्वजनिक तथा पत्रकार सम्मेलन’ पश्चात् यताको समय ।
– उपर्युक्त ‘घोषणा-पत्र’ नेपाली साहित्य विधाको मौलिक विधा हो । यहा उल्लेखित शब्दहरु अचल तथा कुनैपनि समय तथा अवश्थामा संशोधन हुने छैन । यसैलाई आधार मानेर समयसापेक्ष मान्यता,आलेख तथा दस्तावेजहरु तयार पारी प्रकाशन गर्न सकिनेछ ।)
प्रवर्तक:
मौलश्री लिम्बू
सतासी धाम-३, झापा,
हाल – मलेसिया
प्रवक्ताहरु :
दिलिप ‘सगर’ राई उर्लाबारी-४,मोरङ्ग, हाल – मलेसिया
जीवन देवान ‘गाउाले’ बोधे-९, धनकुटा, हाल – मलेसिया
क्रिश मगर मुग्लिङ् -५, चितवन, हाल – यु. ए. ई.
सल्लाह / सुझाव
८ डा.गोबिन्दराज भट्टराई काठमाडौ
८ युवराज नयाघरे ईलाम
८ कृष्ण वस्ती धनकुटा
८ भत्ति प्रसाद पौड्याल मोरङ्
८ स्व.स्वप्नित स्मृति काठमाडौ
८ प्रकाश आङ्देम्बे झापा
८ कृष्ण बस्नेत काठमाडौ
८ मनु लोहोरुङ्ग संखुवासभा, हाल – बर्मुडा
८ दीप्स् शाह काठमाडौं, हाल – इजराईल
८ मनि राई ‘गोठाले’ सुनसरी, हाल मलेसिया
८ गणेश खड्का ‘प्रतिक्षा’ भोजपुर, हाल – सेसेल्स
८ रुवेन पुन ‘रन’ बाग्लुङ्ग, हाल – मलेसिया
८’केस्रा विधाको औपचारिक घोषणा -फेसबूक) २६-०६-२०६८ / १३-१०-२०११
८’केस्रा विधा सार्वजनिक तथा पत्रकार सम्मेलन : क्वालालम्पुर,मलेसिया, १७-०९-२०६८/०१-०१-२०१२

Pages