भन्थे सुन्दर फूल झै जिवन यो, सारा बगैचा सरी
थुङ्गा लाख बने अनेक थरीका, छोएर पाखै भरीत्यो भोगी भमरा भुलेर रसमा, चुस्दै र घुम्दै थियो
बासन्ती बटुली सुघन्ध लिनमा, आएर साम्ने परी
होला को र म झै बिहान पखको, लाली चढेको अब
सारा देख्छु सबै उडेर म त यो, संसार एकै गरी
छाडी बास्न सुघन्ध पात भरिको,शीतै जमेको सधैं
टुप्पैमा कलिला मुना पनि नयाँ,डाली बसेका चरी
शास्त्रीय छन्द शार्दुलबिक्रिडित