म साह्रै पिरैमा परेको थिए है
म तिम्रै दिलैमा सरेको थिए है
लगाएर ताल्चा थुनेको जवानी
र भान्डार मेरो भरेको थिए है
कसोरी सुनाऊ म आफ्नै कुरा यो
ति हीरा ति मोती छरेको थिए है
नदेखाउ आशा फकाई फुलाई
यि आँखा रसाई तरेको थिए है
मुतकारिब बहर
(iss.x.४= १२)
दीप दर्शन
भगवती ३ जाजरकोट
हाल अध्यक्ष
उदाउदो तारा साहित्य समाज पेनाङ
मलेसिया