आशाको तिरमा बसेर पटुका कस्ने गरेको थियो
आशाकै सपना बुनेर मनमा बस्ने गरेको थियो
आखाका नजरै हरेक थरिका रंगी बिरंगी हुदा
संसारै बिचित्रै थियो नव उषा खस्ने गरेको थियो
बागैमा ति फुली हजार फुलका थुङ्गा बनेका थिए
बैसालौ फुलले सुघन्ध अतिनै घस्ने गरेको थियो
फेरैला दिन यो भनेर मनले हुन्थ्यो खुशीमा सधै
हत्केला उसका थिएर बलिया धस्ने गरेका थियो
शास्त्रीय छन्द शार्दुलबिक्रिडित