गजल

                    म पन्ध्र बर्षको हुँदा मेरो मुवा दैबले खोसेर लाग्यो बिदुर बुवा दाजु भाउजु सित बसेर दिन बित्य  मैले कमाएको एक रुपैया पनि मुमाको हातमा दिन पाइन मुमाले नौ महिना कोखको पीडा सहेर जन्म दिनु भो ममताले हुर्काउनु भो यो संसार देखाउनु भो तर भाग्यले मलाई नै ठगेर टुहुरो बनाइ दियो त्यसैले स्वर्गिय मुमा समर्पित यो गजल यहाँहरु समक्ष प्रस्तुत गर्दछु
  
जन्म दियौ माया दियौ दुध ख्वायौ दश धारा
दैब लाग्यो यो भाग्यमा तिर्न पाइन दुध्को भारा

पन्ध्र बर्ष उमेर थियो म मातृशोकमा परे
बेवारीसे जिन्दगीमा जीउनु पर्ने भयो पारा    

बुवा हजुर बिदुर मेरा टुहुरो भो मेरो जीवन
छाडी गयौ आमा तिम्ले भए म त कर्म हारा

हुन पाउ भनेर नै अर्को जन्म तिम्रै छोरो
भाकल गर्छु सधैं सधैं देबी देउता सारा   

Pages